लेवी Chapter 1

For English

Read लेवी Chapter 1 Online

Read लेवी Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of लेवी in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of लेवी and the Holy Bible online.

Choose a Chapter

लेवी 1

अध्याय 1

1. परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो,

2. “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।

3. “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

4. उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।

5. “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।

6. तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्।

7. तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्।

8. हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्।

9. “त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।

10. “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।

11. उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्कून्।

12. तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस।

13. त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।

14. “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ।

15. पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्।

16. त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैलीनिकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।

17. त्यसपछि त्यसलाई पूजाहारीले नटुक्राइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।

About लेवी Chapter 1

Read लेवी Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of लेवी in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: लेवी
Chapter: 1
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading लेवी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading लेवी Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is लेवी Chapter 1?

लेवी Chapter 1 is part of the Book of लेवी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete लेवी Chapter 1 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from लेवी

  1. लेवी Chapter 20
  2. लेवी Chapter 17
  3. लेवी Chapter 9
  4. लेवी Chapter 27
  5. लेवी Chapter 22
  6. लेवी Chapter 5
  7. लेवी Chapter 11

Related Chapters & Readings

  1. यूहन्ना Chapter 19
  2. यूहन्ना Chapter 17
  3. यहोशू Chapter 17
  4. 1 थिस्सलोनिकी Chapter 1
  5. प्रकाश Chapter 19
  6. भजनसंग्रह Chapter 122
  7. प्रकाश Chapter 10
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *