मत्ती Chapter 17

For English

Read मत्ती Chapter 17 Online

Read मत्ती Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of मत्ती in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of मत्ती and the Holy Bible online.

Choose a Chapter

मत्ती 17

अध्याय 17

1. त्यसको छ दिनपछि, येशू आफूसंग पत्रुस, याकूब अनि युहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए।

2. तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो।

3. तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।

4. पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”

5. जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

6. चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे।

7. तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।”

8. चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।

9. येशू र उहाँका चेलाहरू पहाडबाट ओह्रलदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”

10. चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”

11. येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँचो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्।

12. तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।”

13. तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।

14. येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो।

15. त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लडछ।

16. मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”

17. येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसंग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसंग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।”

18. येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।

19. तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?’

20. येशूले जवाफ दिनुभयो, ‘तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो। सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।’

22. त्यसपछि, चेलाहरु गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।

23. ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठनेछन्।”येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुखित भए।

24. येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, ‘के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”

25. पत्रुसले जवाफदिए, ‘हो, येशूले ती करहरू तिर्नुहुन्छ।”त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अधिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”

26. पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।”येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन।

27. तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”

About मत्ती Chapter 17

Read मत्ती Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of मत्ती in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: मत्ती
Chapter: 17
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading मत्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading मत्ती Chapter 17 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is मत्ती Chapter 17?

मत्ती Chapter 17 is part of the Book of मत्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete मत्ती Chapter 17 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 13
  4. प्रेरितहरूको काम Chapter 15
  5. प्रेरितहरूको काम Chapter 8
  6. प्रेरितहरूको काम Chapter 5
  7. प्रेरितहरूको काम Chapter 22

Explore More from मत्ती

  1. मत्ती Chapter 9
  2. मत्ती Chapter 23
  3. मत्ती Chapter 26
  4. मत्ती Chapter 24
  5. मत्ती Chapter 10
  6. मत्ती Chapter 17
  7. मत्ती Chapter 6

Related Chapters & Readings

  1. याकूब Chapter 1
  2. यशैया Chapter 26
  3. प्रस्थान Chapter 16
  4. योना Chapter 2
  5. भजनसंग्रह Chapter 118
  6. प्रकाश Chapter 1
  7. यशैया Chapter 65
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *