1 पत्रुस Chapter 1

For English

Read 1 पत्रुस Chapter 1 Online

Read 1 पत्रुस Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of 1 पत्रुस in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 पत्रुस and the Holy Bible online.

Choose a Chapter

1 पत्रुस 1

अध्याय 1

1. पत्रुस, येशू ख्रीष्टका प्रेरित द्वारा अभिवादन परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरु प्रति।

2. परमेश्वरले तिमीहरुलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरुलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरु चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरुमा अधिक भन्दा अधिक बढेर जावोस्।जिउँदो आशा

3. परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

4. अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरुका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरुका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरु ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरुले मुक्ति पाउँदैनौ

5. तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।

6. यसले तिमीहरुलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरुलाई दुखी बनाँउछ।

7. यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

8. तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।

9. तिमीहरुको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरुको आत्मा बचाउँनु हो। अनि तिमीहरुले तिमीहरुको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

10. अगमवक्ताहरुले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरुले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरुलाई देखाइयो।

11. ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।

12. यो तिनीहरुलाई देखाइयो कि जुन सेवा तिनीहरुले गरे तिनीहरु स्वयंका निम्ति होइन। ती अगमवक्ताहरुले तिमीहरुको सेवा गरिरहेका थिए जब तिनीहरुले यो कुराको विषयमा भने जो अहिले तिमीहरुले सुन्यौ। तिनीहरु जसले तिमीहरुलाई सुसमाचार प्रचार गरे तिमीहरुलाई ती कुराहरु भने। तिनीहरुले तिमीहरुलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरु ती कुराहरु हुन जुन स्वर्गदूतहरु पनि जान्न उत्सुक छन्।

13. यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।

14. विगतमा तिमीहरुले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरुले डोर्याइएका थियौ। तर अहिले तिमीहरु परमेश्वरका आज्ञाकारी बालकहरु हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच.

15. तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।

16. यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”

17. तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरु झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरु बाँच्नु पर्छ।

18. तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।

19. तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

20. विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियर्यो। तर तिमीहरुको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो।

21. ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।

22. अहिले, तिमीहरुले साँचो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर।

23. तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

24. धर्मशास्त्रले भन्छ“मानिसहरु सँधैं बाँच्तैनन्, तिनीहरु घाँस झै हुन् तिनीहरुको माहिमा घाँसको फूल झै हो। घाँस ओइलिन्छ, अनि फूलहरु झर्छन्।

25. तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”

About 1 पत्रुस Chapter 1

Read 1 पत्रुस Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of 1 पत्रुस in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 पत्रुस
Chapter: 1
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 पत्रुस. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 पत्रुस Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 पत्रुस Chapter 1?

1 पत्रुस Chapter 1 is part of the Book of 1 पत्रुस in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 पत्रुस Chapter 1 online for free with easy chapter navigation.

More Chapters from 1 पत्रुस

  1. 1 पत्रुस Chapter 4
  2. 1 पत्रुस Chapter 3
  3. 1 पत्रुस Chapter 2
  4. 1 पत्रुस Chapter 5

Explore More from नयाँ करार

  1. मत्ती Chapter 21
  2. 2 कोरिन्थी Chapter 3
  3. मर्कूस Chapter 14
  4. प्रकाश Chapter 11
  5. प्रकाश Chapter 12
  6. प्रेरितहरूको काम Chapter 25
  7. प्रेरितहरूको काम Chapter 24

Related Chapters & Readings

  1. एस्तर Chapter 6
  2. 2 इतिहास Chapter 25
  3. 1 इतिहास Chapter 27
  4. न्यायकर्ता Chapter 20
  5. रूथ Chapter 2
  6. मर्कूस Chapter 14
  7. प्रस्थान Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *