Read मर्कूस Chapter 3 Online
Read मर्कूस Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of मर्कूस in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of मर्कूस and the Holy Bible online.
Choose a Chapter
मर्कूस 3
अध्याय 3
1. अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो।
2. कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।
3. येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।
4. अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब
5. गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।
6. तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
7. येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
8. यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।
9. उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो
10. येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।
11. कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।
12. तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कडा आज्ञा दिनुभयो।
13. त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे।
14. येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।
15. अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो।
16. येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए सिमोन (जसलाई उहाँले पत्रुस नाउ दिनु भएको थियो),
17. याकूब र यूहन्ना, जब्दीका छोराहरु (जसलाई येशूले “बोअनर्गेश” नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ गर्दनका छोराहरु),
18. अन्द्रियास, फिलिप, बारथोलोमाई, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो,) थेदियस, सिमोन कनानी,
19. अनि यहूदा इस्करियेती जसले येशूसित विश्वासघात गरेको थियो।
20. त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।
21. येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।
22. अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”
23. यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त दिनु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ?
24. यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
25. अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।
26. जब शैतान शैतानसंगै र आफ्नै मानिसहरूसंगै झगडा गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।
27. यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुटन सक्दछ।
28. म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ।
29. तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”
30. येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।
31. तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खडा भएर एकजनालाई येशूलाई बोलउन पठाए।
32. धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू तपाईंलाई पर्खी बाहिर बसिरहेकाछन्।”
33. येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?”
34. तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन।
35. मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”
About मर्कूस Chapter 3
Read मर्कूस Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of मर्कूस in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: मर्कूस
Chapter: 3
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading मर्कूस. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading मर्कूस Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is मर्कूस Chapter 3?
मर्कूस Chapter 3 is part of the Book of मर्कूस in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete मर्कूस Chapter 3 online for free with easy chapter navigation.
More Chapters from नयाँ करार
- प्रेरितहरूको काम Chapter 1
- प्रेरितहरूको काम Chapter 14
- प्रेरितहरूको काम Chapter 13
- प्रेरितहरूको काम Chapter 15
- प्रेरितहरूको काम Chapter 12
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 5
Explore More from मर्कूस
- मर्कूस Chapter 14
- मर्कूस Chapter 1
- मर्कूस Chapter 6
- मर्कूस Chapter 16
- मर्कूस Chapter 11
- मर्कूस Chapter 15
- मर्कूस Chapter 13