Read मर्कूस Chapter 12 Online
Read मर्कूस Chapter 12 online from the Holy Bible. This chapter is part of the Book of मर्कूस in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of मर्कूस and the Holy Bible online.
Choose a Chapter
मर्कूस 12
अध्याय 12
1. येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।
2. केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो।
3. तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए।
4. फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्।
5. फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।
6. अब त्यस मानिससंग खेतीवालहरूकहाँ फठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।
7. तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुनछ। यसकारण हामी यसलाई मारौ तब यो दाखबारी हाम्रै हुनेछ।
8. तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।
9. यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ।
10. निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौलानिर्मातहरूले अस्वीकार गरेका ढङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।
11. परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्भ भएका छ।” भजनसंग्रह 118:22-23
12. ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।
13. त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रने चाहन्थे।
14. फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”
15. तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”
16. तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।”
17. अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।
18. तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे।
19. तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाईले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ।
20. सातजना दाज्युभाइ थिए। पहिलो दाज्युले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।
21. त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। उ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घटना घट्यो तेस्रो भाइसँग पनि।
22. सबै सात दाज्यु भाइले त्यस स्त्रीलाई विवाह गरे अनि प्रत्येक मरे। कुनै पनि सात दाज्यूभाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी।
23. तर सबै सातजना दाज्यूभाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब मानिस मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने चाँहि को हुने छ?”
24. येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ।
25. जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्।
26. मरेका मानिसहरूको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहामको परमेश्वर हुँ, इसहाकको परमेश्वर र याकूबको परमेश्वर।
27. परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
28. शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसंग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?’`
29. यशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्।
30. तिमीहरुले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।
31. दोस्रो महान आज्ञा यस्तो छः तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छौ।यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”
32. शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यु, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।
33. अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”
34. येशूले त्यस मानिसले बुद्धिमानपुर्वक जवाफ दिएको पाऊनु भयो। अनि उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्य नजिक छौ।” त्यसपछि अरू कुनै मानिसले पनि उहाँलाई अरू धेरै प्रश्नहरू गर्ने साहस गरेनन्।
35. येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्?
36. पवित्र आत्मामा दाऊद आफैले भन्नुभएको छःपरमप्रभुले मेरो प्रभुलाई (ख्रीष्टलाई) भन्नुभएको छः मेरो छेउमा दाहिनेपट्टि बस, अनि म तिम्रा शत्रुहरूलाई तिम्रा वशमा पार्नेछु।
37. दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्नुहुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?’ धेरै मानिसहरूले येशूलाई खूबै आनन्दित भएर सुने।
38. येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिंडन मन पराउँछन। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्।
39. सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्।
40. तिमीहरू विधवाहरूसंग कप्टयाइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”
41. येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो।
42. तब एउटी गरीब विधवा आई अनि दुईवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
43. येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई । तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई।
44. ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मदत पुर्याउनको लागि नै हो भन्ने ठानी।”
About मर्कूस Chapter 12
Read मर्कूस Chapter 12 online from the Holy Bible. This chapter is part of the Book of मर्कूस in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: मर्कूस
Chapter: 12
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading मर्कूस. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading मर्कूस Chapter 12 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is मर्कूस Chapter 12?
मर्कूस Chapter 12 is part of the Book of मर्कूस in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete मर्कूस Chapter 12 online for free with easy chapter navigation.
More Chapters from नयाँ करार
- प्रेरितहरूको काम Chapter 1
- प्रेरितहरूको काम Chapter 14
- प्रेरितहरूको काम Chapter 13
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 22
- प्रेरितहरूको काम Chapter 15
- प्रेरितहरूको काम Chapter 12
Explore More from मर्कूस
- मर्कूस Chapter 2
- मर्कूस Chapter 16
- मर्कूस Chapter 7
- मर्कूस Chapter 13
- मर्कूस Chapter 10
- मर्कूस Chapter 5
- मर्कूस Chapter 9