लूका Chapter 8

For English

Read लूका Chapter 8 Online

Read लूका Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of लूका in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of लूका and the Holy Bible online.

Choose a Chapter

लूका 8

अध्याय 8

1. अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसंगै थिए।

2. त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।

3. अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए।

4. येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भनेः

5. “एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए।

6. केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए।

7. कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो।

8. अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”

9. चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”

10. येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणःतिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्।

11. यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।

12. बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्।

13. तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

14. काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।

15. अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसंग राम्रो फलहरू पनि फलाउँछन्।

16. “कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।

17. लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ।

18. यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझन सक्तछ त्यसले अरू धेरै जान्न पाउँदछ। तर जसले बुझदैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”

19. येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो।

20. कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”

21. येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”

22. एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।

23. जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए।

24. चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्युँझाए। तिनीहरूले भने, “गुरूज्यु! गुरुज्यु! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो।

25. उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

26. तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे।

27. जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

28. त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सँधैं साँङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भुत्‌ले एकान्त ठाँउतिर खेदथ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठुलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”

30. येशूले त्यसलाई सोध्नु भयो, “तिम्रो नाम के हो?”त्योस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।

31. ती भूतहरूले तिनीहरूलाई अन्नत अँध्यारोमा नपुराइयोस् भनी याचना गरे।

32. त्यस पहाडमा एउटा ठूलो बथान सुंगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुंगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो।

33. तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुंगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुंगुरहरू पानीमा डुबे।

34. जब सुंगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घटना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए।

35. मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए।

36. मानिसहरू जो त्यस घटना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।

37. गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।

38. त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसंगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो,

39. “घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।”त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्‌यो।

40. येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।

41. एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।

42. याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो।

43. एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।

44. त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो।

45. अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?”सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”

46. तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”

47. जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई।

48. येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसंग जाऊ।”

49. जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने,“तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।‘‘

50. जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।”

51. येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन।

52. सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, उ सुतिरहेकी छे।

53. मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो।

54. तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!”

55. त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”

56. त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घटनाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

About लूका Chapter 8

Read लूका Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of लूका in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: लूका
Chapter: 8
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading लूका. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading लूका Chapter 8 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is लूका Chapter 8?

लूका Chapter 8 is part of the Book of लूका in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete लूका Chapter 8 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 15
  4. प्रेरितहरूको काम Chapter 5
  5. प्रेरितहरूको काम Chapter 22
  6. प्रेरितहरूको काम Chapter 13
  7. प्रेरितहरूको काम Chapter 8

Explore More from लूका

  1. लूका Chapter 19
  2. लूका Chapter 20
  3. लूका Chapter 5
  4. लूका Chapter 21
  5. लूका Chapter 12
  6. लूका Chapter 1
  7. लूका Chapter 17

Related Chapters & Readings

  1. प्रेरितहरूको काम Chapter 25
  2. न्यायकर्ता Chapter 1
  3. प्रस्थान Chapter 22
  4. प्रस्थान Chapter 12
  5. उत्पत्ति Chapter 42
  6. यहोशू Chapter 3
  7. अय्यूब Chapter 21
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *