लूका Chapter 20

For English

Read लूका Chapter 20 Online

Read लूका Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of लूका in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of लूका and the Holy Bible online.

Choose a Chapter

लूका 20

अध्याय 20

1. एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए।

2. तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”

3. येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन

4. जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट अथवा मानिसकसबाट पाएका थिए?”

5. तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो, तब उनले भन्नेछन्, त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’

6. तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।”

7. अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।”

8. यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”

9. त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयष्ठ्वो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।

10. त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो।

11. फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए।

12. उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए

13. त्यो खेतको मालिकले भन्यो, अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।

14. जब खेतीवालाहरुले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, यो हाम्र मालिकको छोरो हो।

15. त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे।“यो खेतको मालिकले अब के गर्नेछ?

16. तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।”मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अहँ! यस्तो कहिल्यै नहोस्।”

17. तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः

18. प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!”

19. येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसंग डराए।

20. यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।

21. अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैं नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ।

22. हामीलाई भन्नुहोस्, के हामाले कैसरलाई कर तिर्नु उचित छ वा छैन?”

23. तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो,

24. “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?”तिनीहरूले भने, “कैसरको।”

25. येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।”

26. उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।

27. कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने,

28. “गरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाईले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्युको लागि सन्तान जन्माउनु पर्छ।

29. कुनै एक समयमा सातजना दाज्यु भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन।

30. अनि दोस्रो भाईले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले।

31. तब तेस्रो भाइले उसलाई विवाह गरयो अनि उ पनि मरयो। त्यस्तै घटना अरु भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे।

32. अन्तमा त्यो स्त्री पनि मरी।

33. तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”

34. येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्।

35. तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन।

36. त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्।”

37. मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’

38. परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”

39. कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।”

40. उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।

41. त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्?

42. भजनको पुस्तकमा, दाऊद आफै भन्छन् ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ तिमी मेरो दाहिने हातपट्टि बस,

43. जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शक्तिको वशमा पार्नेछु।’

44. दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”

45. जव सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,

46. “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामोलामा बस्त्र लगाएर वरिपरि घुम्न चहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य मुख्य आसन ओगट्न चहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्।

47. तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामालामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कडा दण्ड दिनुहुनेछ।”

About लूका Chapter 20

Read लूका Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of लूका in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: लूका
Chapter: 20
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading लूका. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading लूका Chapter 20 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is लूका Chapter 20?

लूका Chapter 20 is part of the Book of लूका in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete लूका Chapter 20 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 5
  4. प्रेरितहरूको काम Chapter 15
  5. प्रेरितहरूको काम Chapter 13
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 22

Explore More from लूका

  1. लूका Chapter 12
  2. लूका Chapter 12
  3. लूका Chapter 21
  4. लूका Chapter 22
  5. लूका Chapter 14
  6. लूका Chapter 1
  7. लूका Chapter 11

Related Chapters & Readings

  1. यशैया Chapter 13
  2. दानियल Chapter 6
  3. यशैया Chapter 59
  4. यूहन्ना Chapter 17
  5. 2 इतिहास Chapter 9
  6. 1 कोरिन्थी Chapter 3
  7. होशे Chapter 13
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *