तीतस Chapter 1

For English

Read तीतस Chapter 1 Online

Read तीतस Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of तीतस in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of तीतस and the Holy Bible online.

Choose a Chapter

तीतस 1

अध्याय 1

1. परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।

2. त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।

3. ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।

4. तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँचो छोरा हौ।पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।

5. मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे

6. धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटाकेटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।

7. धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।

8. धर्मगुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।

9. धर्मगुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।

10. आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।

11. तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।

12. तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”

13. अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।

14. तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्।

15. शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।

16. तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।

About तीतस Chapter 1

Read तीतस Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of तीतस in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: तीतस
Chapter: 1
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading तीतस. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading तीतस Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is तीतस Chapter 1?

तीतस Chapter 1 is part of the Book of तीतस in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete तीतस Chapter 1 online for free with easy chapter navigation.

More Chapters from तीतस

  1. तीतस Chapter 3
  2. तीतस Chapter 2

Explore More from नयाँ करार

  1. प्रकाश Chapter 22
  2. प्रेरितहरूको काम Chapter 12
  3. 1 पत्रुस Chapter 2
  4. मर्कूस Chapter 11
  5. लूका Chapter 7
  6. 1 कोरिन्थी Chapter 1
  7. लूका Chapter 6

Related Chapters & Readings

  1. यर्मिया Chapter 35
  2. प्रकाश Chapter 22
  3. दानियल Chapter 12
  4. 1 पत्रुस Chapter 3
  5. यशैया Chapter 65
  6. उपदेशक Chapter 10
  7. 2 कोरिन्थी Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *