गलाती Chapter 6

For English

Read गलाती Chapter 6 Online

Read गलाती Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of गलाती in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गलाती and the Holy Bible online.

Choose a Chapter

गलाती 6

अध्याय 6

1. दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।

2. एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।

3. यदि कोही मान्य नहुँदा-नहूँदै पनि आफूलाई मान्य नै संझन्छ भने उसले आफैलाई धोखा दिइरहेकोछ।

4. कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।

5. प्रत्येक आफ्नो अभिभारा आफै स्वीकार गरोस्।

6. जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

7. आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

8. यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।

9. राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं।

10. जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।

11. यो म आफै लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु।

12. कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।

13. जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।

14. म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।

15. खतना गर्नु कि न गर्नु त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।

16. यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।

17. अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।

18. मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन। 

About गलाती Chapter 6

Read गलाती Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of गलाती in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: गलाती
Chapter: 6
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading गलाती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading गलाती Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is गलाती Chapter 6?

गलाती Chapter 6 is part of the Book of गलाती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete गलाती Chapter 6 online for free with easy chapter navigation.

More Chapters from गलाती

  1. गलाती Chapter 2
  2. गलाती Chapter 5
  3. गलाती Chapter 3
  4. गलाती Chapter 4
  5. गलाती Chapter 1

Explore More from नयाँ करार

  1. एफिसी Chapter 2
  2. 1 कोरिन्थी Chapter 5
  3. प्रकाश Chapter 3
  4. 1 थिस्सलोनिकी Chapter 5
  5. मत्ती Chapter 2
  6. प्रेरितहरूको काम Chapter 26
  7. 1 कोरिन्थी Chapter 4

Related Chapters & Readings

  1. 1 कोरिन्थी Chapter 10
  2. 1 कोरिन्थी Chapter 13
  3. भजनसंग्रह Chapter 34
  4. 2 इतिहास Chapter 22
  5. अय्यूब Chapter 36
  6. यशैया Chapter 17
  7. यशैया Chapter 25
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *