आमोस Chapter 5

For English

Read आमोस Chapter 5 Online

Read आमोस Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of आमोस in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of आमोस and the Holy Bible online.

Choose a Chapter

आमोस 5

अध्याय 5

1. हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु।

2. इस्राएलकी कन्या सामरिया फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्। उनी आफ्नो भूमिमा कसैले नउठाउनेगरी परित्यक्त छिन्।

3. मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ,”शहरबाट एक हज्जार मानिसहरु गएर एक सयमात्र फर्केर आए। शहरबाट एक सय मानिसहरु गए र केवल दशजना मात्रइस्राएल राष्ट्रमा फिर्ता आए।

4. परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ

5. तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर। अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरुलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ।

6. परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्तपारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।

7. हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ?

8. उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ। उहाँले समुद्रकोपानीलई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ। यहोवा उहाँको नाउँ हो। उहाँले बलिया सेनाहरु र किल्लाहरुलाई ध्वंश पार्नुहुन्छ।”

10. तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।

11. अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरुयी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।

12. मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु र ठुलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरुले धर्मीहरुको बिरोध (खेदो) गर्यौ र गरीबहरुलाई अत्यचार गर्नघुस लियौ।

13. त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्। किन? किनभने यो समय खराब छ।

14. नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँहुनुहुन्छ भनेका छौ।

15. खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ।

16. त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेकाहुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्।

17. मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ।

18. आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छउज्यालो होइन।

19. तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामाअडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ।

20. यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा र्हष र उल्लास हुनेछैन।

21. “म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन।

22. तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन।

23. तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख, म तिमीहरुको वीणाबाट आएको धुन सुन्ने छैन।

24. तर न्याय बगोस् पानी सरह र बगोस् धर्म कहिले पनि शेष नहुने खोला झैं।

25. हे इस्राएल! के तिमीहरुले जब तिमीहरु चालिस र्बष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ?

26. तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ। जो तिमीहरुले आफ्नै निम्ति बनायौ।

27. यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।

About आमोस Chapter 5

Read आमोस Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of आमोस in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: आमोस
Chapter: 5
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading आमोस. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading आमोस Chapter 5 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is आमोस Chapter 5?

आमोस Chapter 5 is part of the Book of आमोस in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete आमोस Chapter 5 online for free with easy chapter navigation.

More Chapters from आमोस

  1. आमोस Chapter 7
  2. आमोस Chapter 3
  3. आमोस Chapter 9
  4. आमोस Chapter 4
  5. आमोस Chapter 2
  6. आमोस Chapter 6
  7. आमोस Chapter 8

Explore More from पुरानो करार

  1. गन्ती Chapter 30
  2. न्यायकर्ता Chapter 10
  3. उत्पत्ति Chapter 35
  4. मीका Chapter 3
  5. भजनसंग्रह Chapter 144
  6. होशे Chapter 2
  7. भजनसंग्रह Chapter 70

Related Chapters & Readings

  1. अय्यूब Chapter 22
  2. अय्यूब Chapter 33
  3. यशैया Chapter 30
  4. भजनसंग्रह Chapter 118
  5. न्यायकर्ता Chapter 16
  6. 2 शमूएल Chapter 4
  7. प्रेरितहरूको काम Chapter 24
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *