रोमीहरू Chapter 5

For English

Read रोमीहरू Chapter 5 Online

Read रोमीहरू Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of रोमीहरू in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of रोमीहरू and the Holy Bible online.

Choose a Chapter

रोमीहरू 5

अध्याय 5

1. हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।

2. ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं।

3. त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ।

4. अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।

5. अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।

6. जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।

7. राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान।

8. यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।

9. हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं।

10. मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।

11. यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

12. पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

13. मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहरयाउनु हुने थिएन।

14. तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए।

15. तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो।

16. जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।

17. एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

18. यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।

19. एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्।

20. पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।

21. जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

About रोमीहरू Chapter 5

Read रोमीहरू Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of रोमीहरू in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: रोमीहरू
Chapter: 5
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading रोमीहरू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading रोमीहरू Chapter 5 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is रोमीहरू Chapter 5?

रोमीहरू Chapter 5 is part of the Book of रोमीहरू in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete रोमीहरू Chapter 5 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 5
  4. प्रेरितहरूको काम Chapter 15
  5. प्रेरितहरूको काम Chapter 13
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 22

Explore More from रोमीहरू

  1. रोमीहरू Chapter 7
  2. रोमीहरू Chapter 13
  3. रोमीहरू Chapter 12
  4. रोमीहरू Chapter 8
  5. रोमीहरू Chapter 14
  6. रोमीहरू Chapter 6
  7. रोमीहरू Chapter 3

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 2
  2. विलाप Chapter 1
  3. भजनसंग्रह Chapter 140
  4. हितोपदेश Chapter 27
  5. लूका Chapter 13
  6. यूहन्ना Chapter 19
  7. भजनसंग्रह Chapter 79
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *