1 थिस्सलोनिकी Chapter 4

For English

Read 1 थिस्सलोनिकी Chapter 4 Online

Read 1 थिस्सलोनिकी Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of 1 थिस्सलोनिकी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 थिस्सलोनिकी and the Holy Bible online.

Choose a Chapter

1 थिस्सलोनिकी 4

अध्याय 4

1. दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।

2. तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं । हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं।

3. परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस।

4. परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीष्ठ्वर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख।

5. आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन तिनीहरू त्यसो गर्छन्।

6. यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं।

7. परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन।

8. यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

9. ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ।

10. अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।

11. शातिपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं।

12. यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।

13. दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्।

14. हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।

15. अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन।

16. परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठुलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतकोस्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।

17. त्यसपछि त्यतिञ्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं।

18. यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।

About 1 थिस्सलोनिकी Chapter 4

Read 1 थिस्सलोनिकी Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of 1 थिस्सलोनिकी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 थिस्सलोनिकी
Chapter: 4
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 थिस्सलोनिकी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 थिस्सलोनिकी Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 थिस्सलोनिकी Chapter 4?

1 थिस्सलोनिकी Chapter 4 is part of the Book of 1 थिस्सलोनिकी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 थिस्सलोनिकी Chapter 4 online for free with easy chapter navigation.

More Chapters from 1 थिस्सलोनिकी

  1. 1 थिस्सलोनिकी Chapter 2
  2. 1 थिस्सलोनिकी Chapter 1
  3. 1 थिस्सलोनिकी Chapter 5
  4. 1 थिस्सलोनिकी Chapter 3

Explore More from नयाँ करार

  1. मर्कूस Chapter 2
  2. कलस्सी Chapter 3
  3. मत्ती Chapter 21
  4. मत्ती Chapter 16
  5. 2 पत्रुस Chapter 1
  6. प्रेरितहरूको काम Chapter 12
  7. मत्ती Chapter 24

Related Chapters & Readings

  1. हितोपदेश Chapter 21
  2. याकूब Chapter 1
  3. प्रकाश Chapter 2
  4. विलाप Chapter 4
  5. हितोपदेश Chapter 15
  6. न्यायकर्ता Chapter 17
  7. अय्यूब Chapter 28
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *